२०८१ श्रावण १२

नेपाल भ्रमण वर्ष २०२० गर्ने मनाङको भिडियो युट्युबबाट सार्वजनिक

Visit Nepal 2020 - Manang

मनाङ, २ जेठ । नेपाल भ्रमण वर्ष हिमाली जिल्लाहरुबाट पनि प्रबद्र्धन गर्न नेपाल पर्यटन बोर्डले मनाङ गन्तव्यको बृत्तचित्र निर्माण गरी सार्वजनिक गरेको छ । आन्तरिक एवं बाह्य पर्यटकहरुको आकर्षण बढाउन मद्दत पुग्ने श्रब्य दृश्य सामाग्रीहरुको प्रस्तुतिको रुपमा उक्त बृत्तचित्र निर्माण गरिएको छ ।

२०७६ साल जेठ १ गते युट्युबमार्पmत प्रसारण गरिएको मिडियोमा मनाङ जिल्लाका पर्यटकीय आकर्षणहरुलाई वस्तुगत रुपमा केलाएर यात्रा गर्न सहज हुने प्रस्तुतिको रुपमा निर्माण गरिएको उक्त बृत्तचित्रको ‘हेवन इज मिथ, नेपाल इज रियल’ नामाकरण गरिएको छ । मनाङ जिल्लाको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको उक्त बृत्तचित्रमा मनाङ जस्तो हिमाली जिल्लाको रहनसहन र वस्तुस्थितिलाई उजागर गर्ने बहुआयामिक पाटाहरुलाई समावेश गरिएको छ ।

झण्डै २० मिनेट लामो समयावधिको उक्त बृत्तचित्र पर्यटन वर्ष २०२० लाई सफल पार्न आन्तरिक पर्यटकहरुको झुकाव बढाउने प्रस्तुतिको रुपमा सृजना गरिएको छ । ‘नेपाल एट्थ वन्डर’ सर्जक समूहको प्रस्तुतिको रुपमा ल्याईएको यो बृत्तचित्रले मनाङको यात्रा आनन्दमय छ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवलोकनकर्ताहरुले महशुस गर्न सक्छन् ।

मनाङकै अल्पाईन होटलको मुख्य प्रायोजनमा निर्मित उक्त बृत्तचित्रको सन्दर्भ सामाग्रीहरु संकलनमा मनाङका प्रख्यात फोटोग्राफर टासी आर घलेले सहयोग गरेका छन् । थिन लेजीको निर्माणका लागि सिनेमाटोग्राफी सौरभ लामिछाने, केशब दुलाल र थिन लेजीको रहेको सो बृत्तचित्रमा स्वरांकन तथा लेखन सुजन निरौलाको रहेको छ ।