२०८१ श्रावण १२

हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै

Himalko Kakhma - Rajesh Payal Rai

पिसाङ, ६ बैशाख । मनाङका गीतकार फुर्वा घलेद्वारा लिखित ‘हिमालको काखमा’ बोलको गीतले म्युजिक भिडियो रिलिज भएको छाटो समयमा नै चर्चा पाउन थालेको छ । मनाङ जिल्लाको मनाङ–ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङका घलेले आप्mनो गाउँ चिनाउने शब्द संकलन गरेर लेखिएको यो गीत निकै कर्णप्रिय गीतका रुपमा सुन्न सकिन्छ ।

उनको यो गीतलाई राजेशपायल राईले सुमधुर स्वर दिएका छन् । लक्षुप्रकाश मल्लले संगीतबद्ध गरेको यो गीतको संगीत संयोजन पनि मल्लकै रहेको छ । नेपाली रंगमञ्चका हास्य कलाकार बुद्धि तामाङको मोडलिङमा दृश्य कैद गरिएको यो गीत स्थानीय कला र संस्कति झल्कने विभिन्न दृंश्याकन गरेर श्रोता एवं दर्शकसामु प्रस्तुत भएको छ । म्युजिक भिडियोको निर्देशन भरत उदासीले गरेका छन् । उक्त म्युजिक भिडियोको छायांकन रामकृष्ण कडेलले गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ ।

म्युजिक नेपालले बजारमा ल्याएको यो गीतको म्युजिक भिडियो यसै साता युट्युब मार्पmत सार्वजनिक गरिएको हो । यो खबर तयार पार्दासम्म पौने ३ लाख भ्युअर हासिल गरिसेको ‘हिमालको काखमा’ बोलको गीतले निकै छिटो लोकप्रियता हासिल गरेको मान्न सकिन्छ । गीतकार पुर्वा घलेले यसअघि आफ्ना ५ वटा गीतहरु रेकर्ड गराईसकेका छन् । उनले लेखेको ‘जन्मेपछि नमरुञ्जेल चाहिँदो रेछ धन’ बोलको गीतले युट्युबमा ८७ लाख भ्युअर प्राप्त गरेको थियो ।