२०८३ भाद्र २०
मनाङ सेवा समाज गुम्बामा विश्वशान्ति पूजा
काठमाडौं, १६ बैशाख/ मनाङ समाज सेवा समितिले विश्वशान्तिको कामना गर्दै ६ दिने पूजा तथा माने जप समारोहको आयोजना गरेको छ । समितिको आफ्नै गुम्बामा हिजो १६ गतेदेखि पूजा तथा माने जप कार्यक्रमको आयोजना गरेको हो ।
दैनिक ८ सयदखि १ हजार भक्तजनहरुको उपस्थिति रहने यस पूजा समारोहमा मुस्ताङ र अन्य जिल्लाको केही श्रद्धालुहरुको पनि सहभागिता रहेको पूजा व्यवस्थापनमा सक्रीय रहेका स्वयम्सेवक छेवाङ ग्युर्मे गुरुङले बताएका छन् । उनका अनुसार पूजा तथा माने जप गर्न दैनिक सहभागि हुने श्रद्धालुहरुको सुविधाका लागि खाजा तथा खाना र अन्य सुविधा समितिद्वारा उपलब्ध गराईएको छ ।

‘विश्वभर शान्ति कायम होस्, कसैले दुःख कष्ट भोग्नु नपरोस्’ भन्ने मुख्य भावना राखेर आयोजना गरिएको यो पूजामा तथा माने जप समारोहमा माथिल्लो मनाङका अधिकांश जेष्ठ नागरिकहरुको उपस्थिति देख्न सकिन्छ ।

-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्