२०८१ श्रावण १२

लोकतन्त्र दिवसका अवसरमा मनाङका नेता गृह जिल्लामा

manang political leader

धारापानी, ११ बैशाख । लोकतन्त्र दिवस मनाउन मनाङका सांसद तथा पूर्व मन्त्री गृह जिल्ला आएका छन् । संघीय सांसद कर्मा घले, पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, गण्डकी प्रदेशका सांसद चिन्ताबहादुर घलेसहित मनाङका बरिष्ठ समाजसेवी साङदो लामा गृह जिल्ला मनाङ आएका हुन् ।

लोकतन्त्र दिवस मनाउन मनाङ आएका जिल्लाका नेताहरुसँगै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्त्र नेपाली पोखरेल पनि मनाङ भ्रमण आएको भ्रमणमा सहभागी नारपूm गाउँपालिका उपाध्यक्ष बाबा लामाले जानकारी दिएका छन् । जिल्ला आएका नेताहरुलाई लोकतन्त्र दिवसको अघिल्लो साँझ जिल्ला समन्वय समिति मनाङका अध्यक्ष यज्ञप्रसाद घले, नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेलगायत अन्य जनप्रतिनिधिसहित स्थानीयहरुले खादा तथा पूmलमालाले धारापानीमा स्वागत गरेको नेपाल तरुण दल मनाङका सचिव यज्ञ घलेले जानकारी दिए ।

स्वागत कार्यक्रम सकिएलगतै नेता तथा स्थानीय जनप्रतिनिधिहरु आपसमा छलफल गरी जिल्लाको समग्र विकास निर्माण र चालु योजनाहरुको बारेमा धारणा आदानप्रदान गरेका थिए । उक्त अवसरमा गृह जिल्ला आएका नेताहरुले मनाङको शिक्षा, स्वास्थ्य, सञ्चार तथा पूर्वाधार निर्माणमा आपूmहरुले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका थिए । नेताहरुले स्थानीय जनप्रतिनिधिहरुले अगाडि सारेका कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने र भावी कार्यक्रम जनताको हित हुने गरी सम्पन्न गर्दै जान नेताहरुले सरोकारवालाहरुलाई निर्देशन समेत दिएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।