चलचित्र प्रेमगीत ३ लाई मनाङका निर्देशकले पनि निर्देशन गर्ने

चामे, १० बैशाख । चलचित्र ‘डमरुको डण्डिवियो’ नामक चलचित्रको सफल निर्देशन गरेका मनाङका निर्देशक छेतेन गुरुङले चर्चित चलचित्र प्रेमगीतको तेश्रो सिरिजको रुपमा निर्माण हुन लागेको ‘प्रेमगीत–३’ को निर्देशन गर्ने भएका छन् । चलचित्र प्रेमगीत ३ को निर्देशकका रुपमा सन्तोष सेनले पनि निर्देशन गर्ने निर्माण पक्षले जनाएको छ ।
चलचित्र प्रेमगीतका दुवै सिरिजले अपार लोकप्रियता हासिल गरेपछि तेश्रो सिरिज निर्माण गर्न लागेको बताईएको छ । आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने उक्त चलचित्र निर्माण पक्षले भनेको छ ‘हामी यतिबेला चलचित्र प्रेम गीत–३ निर्माण गर्न गैरहेको कुरा तपाइहरुलाई सुनाउन पाउँदा निकै खुसी छौं । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामुपछि हाम्रो टिम अहिले पाँचौं प्रोजेक्ट ‘प्रेम गीत–३ निर्माणका लागि जुटेको छौं ।’
यो चलचित्र निर्माण गर्ने सोचसँगै प्रदर्शन मिति पनि तय गरेको निर्मातासमेत रहेका सन्तोष सेनले बताएका छन् । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर प्रदर्शन गरिने उनले जानकारी दिए । सेनका अनुसार सो चलचित्रको लोकेशनदेखि मुख्य टिम पनि चयन भईसकेको छ ।
निर्माता सेनले चलचित्रबारे बिस्तृत रुपमा चाँडै विशेष पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँने बताएका छन् । उनले प्रेम गीत–३ लाई पनि बिगतका चलचित्रहरुमा जस्तै धेरै मिहेनत गरेर निर्माण गर्न लागिएके जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्