२०८१ श्रावण १२

मनाङका मन भएकाले यहाँको कला संस्कृतिलाई प्राथमिकता दिएनन्

— दीका गुरुङ (डीका), संगीतकार, गायक, चलचित्र प्राविधिक

Dika Gurung

मनाङ जस्तो उच्च हिमाली जिल्लामा जन्मिएर पनि नेपाली सांगीतिक एवं फिल्मी क्षेत्रमा क्रियाशिल संगीत उद्यमी दीका गुरुङ देशभरका संगीत पारखीहरुमाझ लोकप्रिय ब्यक्तित्व हुन् । ४४ वर्षीय गुरुङलाई अधिकांशले ‘डिका गुरुङ’ भनेर चिन्ने गर्दछन् यद्यपी उनी यसरी आप्mनो पहिचान अनुसार यही नाम आपूmलाई सुहाउने गरेको बताउँछन् । डिजिटल काठमाडौं रेकर्डिङ स्टूडियोका सञ्चालक समेत रहेका उनी चलचित्र प्राविधिक क्षेत्रमा पनि उतिकै परिचित छन् । जीवनको वयेष्क उमेरमा गिटार बादकका रुपमा संगीत पेशा अंगालेका दीका गुरुङले संगीत संयोजकको समेत भूमिका निर्वाह गर्दै आईरहेका छन् । राष्ट्रिय संगीतकर्मी संघको संस्थापक कोषाध्यक्ष रहेका उनी त्यसै संस्थाका आजीवन सदस्य, नेपाल संगीतकार संघका आजीवन सदस्य, चलचित्र प्राविधिक संघका आजीवन सदस्य रहेर सामाजिक सेवामा सक्रीयता जनाउदै आएका छन् । यसका अलावा आफ्नो टोल छिमेकमा आयोजना हुने जस्तो सुकै सामुदायिक कार्यहरुमा सहभागिता जनाउँदै आएका गुरुङले देशको कला क्षेत्रमा दिएको योगदानको कदर स्वरुप थुपै्र सम्मान एवं पुरस्कारका साथै कदरपत्रहरु हासिल गरिसकेका छन् । आप्mनो परिवारले संगीत क्षेत्रमा आपूmलाई टिकाउन अदृश्य रुपमा सहयोग गरिदिएकोले पनि आपूmले संगीत क्षेत्रमा स्थापित हुन सकेको उनी बताउँछन् । प्रस्तुत छ ः मनाङका संगीत उद्यमी दीका गुरुङ (डिका) संग मनाङ अनलाईनका लागि लक्ष्मण बजगाईले गरेको कुराकानीको सम्पादित अंश :

संगीत क्षेत्र क्रियाशिल अधिकांश संगीतकर्मीहरुलाई यही पेशाबाट मात्र टिक्न निकै कठीन छन् भन्ने सुनिन्छ, एउटा सफल संगीत उद्योमी भएको नाताले यहाँको बुझाई कस्तो रहेको छ ?

— चलेका ब्यापारीहरु, व्यवसायीहरुको जति आम्दानी हुन्छ, सामान्य व्यपारी र व्यवसायीहरुको त्यति हुदैन । त्यस्तै अवस्था संगीत क्षेत्रमा पनि छ । नाम चलेका संगीतकर्मीहरुलाई स्टेज सो र व्यावसायिक सफलताले यसै क्षेत्रमा क्रियाशिल रहेर टिक्न सजिलो छ । तर यसबाहेकका संगीतका सृजना र स्वर बेचेर टिक्न गाह्रो देख्छु म । संगीत प्रविधिमा काम गर्नेहरु मध्ये पनि कतिपयलाई यही पेशाबाट ढुक्क भएर परिवार पाल्नमा तनाबमुक्त छन् भन्ने मलाई लाग्दैन । अन्य पेशा वा व्यवसाय अंगाल्न पर्ने बाध्यता देख्छु । यति हुदाहुँदा पनि अभिरुचिका कारण नयाँ नयाँ प्रतिभाहरुको आगमन रोकिएको हुदैन । नयाँ आउनेले पनि आवश्यकता अनुसार कोशिस गरिरहेकै हुन्छ ।

लामो समय संगीत क्षेत्रमा क्रियाशिल हुनुहुन्छ, आफूले संगीत क्षेत्रमा प्रवेश गर्दा र अहिलेको अवस्थामा कस्ता किसमका गीतहरुले श्रोताहरुको मन जित्न सफलता मिलेको पाउनु भएको छ ?

— नेपाली संगीत बजार खोज्न जहिले जहाँ गए पनि संगीत यसको बजार एउटै हो । नेपाली गीत सुन्ने श्रोताहरु विदेशबाट आउने होइनन् । पहिले चलेका गीतहरुलाई नयाँ ढंगले बनाएर चलाउन खोजियो भने चलेको देखिन्छ । यसका अलावा पनि श्रोत र दर्शकहरुको मन छुने गीतहरु प्रस्तुत गर्न सक्दा नयाँ नयाँ गीतहरु पनि लोकप्रिय हुने गरेका छन् । कस्ता गीतले दर्शक र श्रोताहरुको मन छोएका छन् सर्जकहरुले त्यस्तै बनाउन प्रयास गर्ने हुन् । यसरी बन्ने गीतहरु पनि पुराना गीतहरुको सुगन्ध मिल्न खोजेको देखिन्छ । यसका लागि अहिले चलेका पप गीत, आधुनिक गीत, लोक तथा लोकदोहोरी गीतहरुलाई मुल्यांकन गर्ने हो भने हो भने त्यो कुरा स्पष्ट हुन्छ ।

संगीत क्षेत्रमा आएर अरुलाई उछिन्दै अगाडि बढ्नेहरुका लागि प्रतिष्पर्धाको रुपमा पनि हेर्नु भएको छ यहाँले ?

— मैले संगीत क्षेत्रमा आएर कहलिएका प्रतिभाहरुले प्रतिष्पर्धा गरेर अगाडि बढेको जस्तो देखेको छैन । अरुसँग होइन प्रतिष्पर्धा आफुले आपैंmसँग गर्नु पर्ने जमाना आयो । बजारमा कसरी श्रोता र दर्शकहरुलाई उत्कृष्ट सांगीतिक प्रस्तुति दिने ? भनेर सोच्नु पर्ने बेला आयो ।

अब यहाँको आप्mनै बारेमा कुरा गरौंन, मनाङ जस्तो हिमाली जिल्लाबाट राजधानी आएर संगीत क्षेत्रमा एउटा स्थापित संगीत उद्यमी बन्न सफल हुनु भएको छ, यहाँसम्म आइपुग्नलाई कस्तो संघर्ष गर्नु पर्यो ? छोटकरीमा बताईदिनुहोस् न ?

— मैले संगीतलाई पेशा वा व्यवसाय नै बनाउँछु भनेर आएको थिईन । मनाङ जस्तो हिमाली जिल्लाको सांगीतिक पहिचानलाई राष्ट्रको सांगीतिक मुलधारमा जोड्न सकिन्छ की भनेर यो क्षेत्रमा प्रवेश गरेको थिएँ । मलाई पेशा वा व्यवसाय गर्न त ठूलो कुरै थिएन । किनभने मेरो परिवार व्यापारिक क्षेत्रका थिए । मैले मेरो बाबुकै व्यवसाय सम्हालेको भए पनि हुन्थ्यो । यहाँ सांगीतिक जीवनको संघर्ष गर्नु पर्ने आवश्यकता थिएन मलाई । तर मैले ठूलै चुनौति सहेर यो क्षेत्रमा स्थापित हुने प्रयास गरेँ । संगीत क्षेत्रमा नयाँ आयाम थपौं र केही नयाँ कुरा दिन सकुँ भनेर यहाँ संघर्ष गर्न थालेँ । संगीत क्षेत्रमा प्रवेश गरेयता जति पनि मैले गीतहरु सृजना गर्ने र प्रस्तुत गर्ने गर्न थालेँ त्यसले एउटा नयाँ मोड लियो पनि । त्यही सृंखलाले मेरो संगीत उद्योगलाई पनि चलायमान बनाउन सफल भयो ।

मनाङ जस्तो हिमाली जिल्लाको खारिएको प्रतिभा हुनुहुन्छ ? मनाङबासीहरुले मनाङ बाहिरका अन्य विभिन्न क्षेत्रका प्रतिभाहरुलाई प्रोत्साहन गर्न सहयोग उपलब्ध गराएको खबरहरु कहिलेकाँही आउने गरेका छन्, यहाँले मनाङका उच्च पदीय एवं सम्पन्नशाली ब्यक्तिहरुबाट कस्तो किसिमको सहयोग पाउनु भएको छ यो क्षेत्रमा स्थापित हुनका लागि ?

— मैले त त्यस्तो केही सहयोग कसैबाट पनि पाएको छैन । मलाई मात्रै होइन मनाङ जिल्लाका स्थानीय कलाकारहरु कसैलाई पनि यस्ता उच्च र सम्पन्नशाली मनाङबासीहरुले सहयोग गरेको पाइएको छैन । त्यही भएर मनाङका प्रतिभाहरु पलायन हुदै गईरहेका छन् । त्यस्ता कला र गला भएका प्रतिभाहरुलाई प्रेरणा दिने, सहयोग गर्ने र त्यस्ता प्रतिभाहरुलाई राष्ट्रको मुलधारमा ल्याउनु पर्छ भन्ने भावना मनाङका अभिभावकहरु कसैमा पनि पाईएको छैन मैले । मनाङका अगुवाहरुको अभिरुचि पनि कस्तो हो ? यो विषयमा मलाई अचम्म लाग्छ । किनभने उहाँहरुमा आफ्नोलाई भन्दा पनि बाहिरको कुरामा बढी ध्यान जाने गरेको छ । आज मनाङ–मस्र्याङ्दी क्लब फुटबल खेलमा निकै लोकप्रिय छ । सर्वत्र चिनिन्छ । त्यसमा हेर्नुभो भने मनाङका खेलाडीहरु कती र कता छन् ? हाम्रो परम्परागत चाड पर्वको रुपमा ल्होसार कार्यक्रमहरुको आयोजना गरिन्छ, त्यसमा बाहिरी जिल्लाका कलाकारहरुलाई उच्च महत्व दिईन्छ, जिल्ला भित्रका प्रतिभाको खोजी गरिदैन । ‘नजिकको तिर्थ हेलाँ’ भन्ने उखान चरितार्थ भएको देखिन्छ । अभैm पनि त्यहाँको परम्परागत कला संस्कृति जगेर्ना गर्न मनाङका जिम्मेवार वर्ग लागेनन् भने ती कला र संस्कृति लोप भएर जान्छन् । मनाङीहरुको पहिचान समाप्त हुन्छ । सेलो गीत, देउडा गीत जस्ता गीतहरुका गाएर मनाङको संस्कृति जगेर्ना हुदैन ।

मनाङका सांगीतिक प्रतिभाहरुलाई अगाडि ल्याउन यहाँले विभिन्न प्रयासहरु गर्नु भएको छ, यो विषयमा केही बताईदिनुहोस् न ?

— मनाङे भाषामा हामीले गीति एल्बम्हरु पनि बजारमा ल्याएका छौं । मनाङमा गाउँने गीतहरु केही हामीले गाएका बाहेक नजिकका जिल्लाहरु जस्तै मुस्ताङ, लम्जुङ जस्ता जिल्लाहरुबाट प्रभावित देखिन्छन् । हामी लगायत केही स्थानीय कलाकारहरुले त्यहाँको मौलिक गीति भाकालाई रेकर्ड गरेर बजारमा ल्याउने प्रयास गरियो । त्यस्तो प्रयासलाई पनि मनाङका दाजुभाई दिदीबहिनीहरुले खाशै चासो दिनु भएन । मनाङबासीहरुले मनाउने ल्होसार पर्वहरुको आयोजना गर्दा राजेश पायल राईहरुलगायतका नाम चलेको कलाकारहरु बोलाईन्छन्, सांगीतिक कार्यक्रम सञ्चालन भईरहेको बाहेक अन्य गतिविधि हुँदा हाम्रो सृजनाहरु बजाईन्छ तर कार्यक्रममा हामीलाई गाउँन दिईदैन । यो हामीलाई दुःख लागेको कुरा हो ।

मनाङ जिल्लाका कति जति कलाकारहरुलाई गायन क्षेत्रमा आउनु भएको छ ?

— देशभरका र नेपाली भाषी छिमेकी नयाँ प्रतिभाहरुलाई पनि अवसर दिएको छु । मनाङका प्रतिभाहरु सांगीतक क्षेत्रमा आउने कोशिस गरे भने मैले अवसर नदिन त कुरै भए न । कोही यसरी आउन चाहेको  मैलो पाएको छैन । मनाङका प्रतिभाहरु जस्तै विनोद गुरुङ, दावा गुरुङ, सोनम गुरुङ, राजु गुरुङ, नोर्बु गुरुङलयातका अन्य कलाकारहरुलाई संगीत क्षेत्रमा स्थापित गराउन प्रयास गरेकै हुँ । उहाँहरु प्रतिभाका धनी भएर पनि अगाडि आउन सक्नु भएन । जे होस् प्रयास जारी छ । अब खाली मनाङका उच्च वर्गले सहयोगको भावना राखिदिनु पर्छ ।

यहाँ त संगीतका अलावा सिनेमा क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ ? यहाँको चलचित्र प्रविधि व्यवसायको बारेमा थोरै बताईदिनु हुन्छ की ?

— हो मैले विगत ५/६ वर्षअघिदेखि नेपाली फिल्मी क्षेत्रमा प्राविधिक र सृजनात्मक दुवै विधामा काम गर्दै आईरहेको छु । छायाँकन, सम्पादन र निर्देशन जस्तो बहुआयामिक विधामा संगीतकर्मीले काम गर्नु चानचुने कुरा होइन । तर पनि आँट गर्दा सकिने रहेछ भन्ने मेरो कार्य क्षमताले देखायो । यो त्यति सजिलो भने थिएन । आर्थिक रुपमा, प्राविधि रुपमा, व्यावसायिक र दक्ष जनशक्ति व्यवस्थापनका रुपमा पनि यो अलि कडा मेहनतका साथ अगाडि बढेको पेशा हो ।

अन्त्यमा यहाँका श्रोताहरु, दर्शकहरुका साथै सेवाग्राहीहरुमा यहाँको सन्देश केही छ ?

— आजसम्म मलाई सांगीतिक उद्योगमा स्थापित हुन प्रेरणा, माया र सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा म हार्दिक धन्यवाद दिन चाहन्छु ।