स्वर्गीय राज घलेको दाहसंस्कार काठमाण्डौँको विजेश्वरीमा सम्पन्न ।
काठमाण्डौँ, नेपाली काँग्रेस मनाङका संस्थापक नेता, नेपाली काँग्रेस मनाङका पूर्व उप–सभापति, जिल्ला विकास समिति मनाङका पूर्व उप–सभापति एवं समाजसेवी राज घलेको दाहसंस्कार बौद्ध परम्परानुसार काठमाण्डौँको विजेश्वरीमा सम्पन्न भएको छ ।

बाबु शुभ घले र आमा कुचीनी धलेको कोखबाट मनाङ जिल्ला, नासोँ गाउँपालिका वडा नं.–८, ताचैमा मिति २००४/०३/१० गते जन्मीएका धलेको मितिः २०८२/०३/२६ बिहिबार सॉझ ७ः४५ बजे ७९ बर्षको उमेरमा निधन भएको थियो । लामो समयदेखि पेट सम्बन्धी रोगबाट पीढित घले केही दिनयता काठमाण्डौँको बोहोराटार घरमा बसी उपचार गराई रहेका थिए ।
स्वर्गीय घलेको पाथ्र्वीक शररीरमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेपाली काँग्रेस मनाङका संस्थापक नेता एवं तात्कालीन राष्ट्रियसभा सदस्य कोमल बहादुर घले, नेता एवं पूर्वमन्त्री पाल्देन गुरुङ, नेता, पूर्वराज्यमन्त्री एवं वर्तमान प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङ र नेपाली काँग्रेस मनाङका सभापति शंकर गुरुङले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उपसभापति खड्काले स्वर्गीय घलेका परिवारका सदस्य र आप्mन्तहरुसंग भेटगरी पारिवारीक अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।
स्वर्गीय राज घलेका श्रीमती चनद्रकाशी घले, तीन छोरीहरु मध्ये एक छारी अमेरिकामा, एकमात्र छोरा र बुहारी वैदेशीक रोजगारीका सिलसिलामा दक्षिण कोरीयामा छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्