मनाङीहरुको मेथा पर्व राजधानीबाट शुरु
काठमाडौं, फागुन २८ र माथिल्लो मनाङका अर्थात नेस्याङ क्षेत्रका ७ गाउँको गाउँलेहरुले प्रत्येक वर्ष राजधानीमा समेत मनाउँदै आएको धनुस काँड खेलेर मनाउने मेथा पर्व मनाङ समाजको गुम्बा स्वयम्भुमा शुरु गरेका छन् । माथिल्लो मनाङका सातै गाउँको राजधानीमा पालैपालो मेथा पर्व मान्ने विगतदेखि परम्परा अनुसार टंकी मनाङ गाउँका बासिन्दाहरु राजधानीमा मेथा पर्व सञ्चालन गरेका हुन् ।
प्रत्येक गाउँले मनाङ समाजको गुम्बामा मेथा पर्व ५/५ दिन सञ्चालन गर्ने गरेका छन् । नेस्याङ क्षेत्रका ७ गाविस गाभेर राज्य पुनर्संचनाको विधि अनुसार निर्माण गरिएको मनाङ ङिसाङ गाउँपालिकाभित्रका गाउँहरुबाट आई विभिन्न पेशा वा व्यवसाय गरेर गरेर राजधानीमा बसोबास गर्दै आएका उनीहरुले वर्षको महत्वपूर्ण चाडका रुपमा यो मेथा पर्व मनाउने गरेका छन् ।

मौसमका कारण मनाङ फर्कन नसक्ने र मनाङबासीहरुको सुविधाका लागि राजधानीमा समेत मेथा पर्व मनाउने गरिएको भए पनि यो पर्व जिल्ला फर्किएर समेत प्रत्येक गाउँहरुमा पुन मनाउने गरिएको मेथा पर्व मनाउन भेला भएका सहभागीहरुले बताएका छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्