२०८१ श्रावण १२

बेशिसहर चामे सडक सञ्चालनमा

chame road

चामे, २६ फागुन/ लामो समयसम्म यसवर्ष ठूलो हिमपातद्वारा प्रभावितहिमाली जिल्ला मनाङको सदरमुकाम चामेबाट लमजुङ जिल्लाको सदरमुकाम चामेसम्मको सडक मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ । करिब एक सातासम्म अबरुद्ध भएको सडक पुन सञ्चालमा आएको हो ।

सडकमा बाक्लो हिउँ जमेको, हिउँपहिरो, साना ठूला पहिरो, सडक नै अवरुद्ध हुने गरी रुख ढल्नेजस्ता समस्याले गर्दा करिब एक साता नासो गाउँपालिका दानाक्युभन्दाको माथिल्लो भेगमा सवारी साधन चल्न सकेका थिएनन् । गाउँपालिका, सुरक्षा निकाय, स्थानीय तथा प्रतिनिधिको प्रयासमा शुक्रबारबाट सदरमुकाम चामेसम्म सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

अब चाँडै नै माथिल्ला क्षेत्रमा पनि सवारी साधन चल्ने दावी गर्दै प्रमूख जिल्ला अधिकारी देवकोटाले ठाउँ ठाउँमा गएको हिउँ पहिरो, पहिरो, सडकमा ढलेका रुखहरू हटाएर सदरमुकाम चामेसम्म सडक सञ्चालनमा ल्याइएको जानकारी दिए । सदरमुकाम चामेभन्दा माथिका भेगमा त्यस्तो खासै समस्या नभएको बाक्लो हिउँ जमेका कारणले मात्र मनाङका माथिल्ला भेगहरु पिसाङ, हुम्डे, उपर मनाङलगायत खाङसारसम्म चाँडै नै सवारी साधन सञ्चालनमा आउने बताइएको छ ।

सदरमुकाम चामेसम्मको सडक सहज भएपछि शुक्रबारमात्रै १० वटा बोलेरो जीप सदरमुकाम चामे आएको बोलेरो जीप चालक सुदिप तामाङले जनाएका छन् । सदरमुकाम चामेभन्दा तलका भेगमा सवारी आगामन सूचारु भएसँगै खाद्यन्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ । सदरमुकाम चामेभन्दा माथिका भेग पिसाङ, हुम्डे उपरमनाङलगायतका विभिन्न स्थानमा सवारी साधन सञ्चालन हुन नसक्दा समस्या परेको पिसाङस्थित होटल सञ्चालक पशुपति अधिकारीले बताए ।