हिमाली जिल्ला मनाङमा पनि बससेवा सञ्चालन
चामे, ११ चैत्र / हिमाली जिल्ला मनाङमा पनि बस सेवा सञ्चालनको शुरुवात भएको छ । जिल्ला सदरमुकाम चोमसम्मसम्म चैत्र १० गते आईतवार पहिलो पल्ट बस सेवा सञ्चालनमा आएको हो । बसभरी यात्रु लिएर मिनिबस सदरमुकाम चामेसम्म भित्रिएपछि मनाङबासीहरु हर्षित भएका छन् ।
लम्जुङ जिल्लाको सदरमुकाम वेशिसहरदेखि मनाङ जिल्लाको सदरमुकाम चामेसम्म यसअघि जिपमार्पmत यातायात सेवा प्रदान गरिदै आएको थियो । यात्रु तथा यात्रुका सीमित मालसामान सहित चैत्र १० गते लम्जुङको सदरमुकाम बेसिशहरदेखि मनाङको सदरमुकाम चामेसम्म मिनिबस सेवा सञ्चालनमा आएको मनाङका थुप्तेन लामाले बताएका छन् ।
बस सेवा सञ्चालनमा आएपछि स्थानीय सरोकारवालाहरुले प्रतिकृया पनि जनाउन थालेका छन् । बस चल्नु राम्रो हो र खुशीको कुरा हो भन्दै स्थानीय बासिन्दाहरु गौरव गर्न थालेका छन् । मनाङमा बस सेवा सञ्चालनमा आएपछि बढी शुल्क तिरेर यात्रा गर्नु पर्ने बाध्याताबाट यात्रुहरुलाई राहत मिलेको अधिकांश मनाङबासीहरुले चासो ब्यक्त गरेका छन् ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्