२०८३ कार्तिक १२

माननीय टेक बहादुर गुरुङको अपिल .

काठमाण्डौ, मनाङ–१ का प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङले कार्तिक १२ गतेदेखि १५ गतेसम्म उच्च सर्तकता अपनाउन सम्पूर्ण मनाङबासी जनतामा हार्दिक अपिल गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा उत्पन्न न्यूनचापीय चक्रबाँँधका कारण २०८२ साल कार्तिक १२ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी र अतिभारी बर्षाका साथै हिमाली भेगहरुमा हिमपात हुने पूर्वानुमान सहितको सूचना भएकाले सो अवधिभर हिमाल आरोहण, पदमार्ग यात्रा नर्गन सकेसम्म लामो दुरीको यात्रा नर्गनका साथै नदी किनार, भिरालो स्थानमा रहेका बासिन्दाहरु उच्च सर्तकता अपनाउन पलि समेतगरेका छन् ।
सांसद गुरुङले कार्तिक १२ गतेदेखि १४ गतेसम्मको अवधिमा कुनैपनि आपद–विपदका घटनाहरु घटेमा तत्काल फोन सम्र्पक गर्न वा जिल्ला प्रशासन कार्यालय मनाङ, सुरक्षा निकाय वा जिल्ला विपद् ब्यवस्गापन समितिमा तत्काल सम्र्पक गर्न पनि अनुरोध गरेका छन् ।


त्यसैगरी, जिल्ला प्रशासन कार्यालय मनाङले पनि कार्तिक १२ गतेदेखि १४ गतेसम्म हिमाल आरोहण, पदमार्ग यात्रा, लामोदुरीको यात्रा नगर्न र आ–आप्mनो स्थानमा अत्यन्त सर्तकताका साथ बस्न अनुरोध गरेको छ । त्यसका साथै विभिन्न सम्र्पक नम्बरहरु पनि सार्वजनिक गरेको छ ।