२०८३ भाद्र २१

काठमाण्डौ‘ उपत्यकामा दैनिक ३५ हजार ग्यास सिलिन्डर आउ‘दै ।

काठमाण्डौँ, काठमाण्डौ‘ उपत्यकामा दैनिक औसत ३५ हजार सिलिन्डर आउन थालेको उद्योगीले बताएका छन् । कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाण्डौँ आउन सम्भव नभएपछि अहिले काठमाडौँबाहिरबाटै सिलिन्डर भरेर ल्याउन थालेको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द काठमाण्डौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितवन, मकवानपुर, बारा, पर्सालगायतका क्षेत्रमा सिलिन्डर भरेर काठमाण्डौँ आउन थालेको जानकारी दिए । “हामीले बिहीबार २४ हजार शुक्रबार ३४ हजार सिलिन्डर काठमाण्डौँ ल्याएको छौँ,” उहाँले भन्नुभयो, “शनिबार पनि ३५ हजार सिलिन्डर काठमाडौँ आइपुग्ने छ ।”
नेपाल आयल निगमले उपत्यकाबाहिर पनि सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारबाटै वैकल्पिक मार्गबाट ढुवानी सुरु गरेर सिलिन्डर पठाइएको अध्यक्ष चन्दले बताउनुभयो । काठमाडौँमा खालि भएका सिलिन्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनुपर्ने र त्यहिँ ट्रकमार्फत भरेका सिलिन्डर उपत्यका लैजाने गरिएको उहाँले जानकारी दिनुभयो ।
सरकारको समेत लगानी रहेको साल्ट टे«डिङ कर्पोरेसनले पनि अहिले निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’ मा ग्यास ‘बोटलिङ’ गरेर काठमाण्डौँ लउन थालेको छ ।
नेपाल आयल निगमले यसरी भरेर लगिएको सिलिन्डरको मूल्य साबिकभन्दा १०५ रुपियाँ ३८ पैसा बढीमा बिक्री गर्न पाउने गरी अनुमति दिएको छ । साबिकमा प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँ मूल्य रहेकोमा अहिले मूल्य बढेर प्रतिसिलिन्डर दुई हजार १६५ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।