२०८२ असार २८

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी ।

काठमाण्डौँ, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुुर्जी जारी गरेको छ ।
नागरिकता कीर्ते मुद्दामा सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जाएको छ ।
सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो ।
प्रतिनिधिसभाको बैठकमा पनि काँग्रेस सांसद बद्री पाण्डेले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कुनै पनि विषयमा कसैलाई पनि छानबिन गर्न सकिने तर रिसिईबी साँध्ने काम गर्न नहुने बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी भएको जनाउँदै पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरेको छ ।