नेपाल राष्ट्र बैंकद्घारा ६ वटा वाणिज्य बैंकलाई कारवाही
काठमाडौं नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारवाही गरेको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को महिलो त्रैमासमा नियामकिय व्यवस्था उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरवाना र सचेत गराएको हो ।
राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेकोले ७० लाख रुपैयाँ नगद जरीवाना गरेको हो । यस्तै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) उलंघन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई पनि १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरीवाना गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८० को वैशाखमा सीडी रेसियो ९० प्रतिशत नाघेपछि कारवाही गरेको हो ।
एनएमबि बैंकले व्याज अनुदानको समुहियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपनि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सोही कारण राष्ट्र बैकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउंदै उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ ।
यस्तै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको राष्ट्र बैंकले जनाएको छ । साथै एनअँईसी एशिया बैंकले एकिकृत निर्देशन उलंघन गरेको पाइएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, नबिल बैंकले पनि एकीकृत निर्देशन नं. १५÷०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैकले जनाएको छ ।
सिटिजन्स बैंक्ले पनि राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै बैंकले क्यापीटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको र प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको हो ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्