२०८१ श्रावण १२

विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने

rastra-bank

विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको हो । विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गर ेपश्चात् सो बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य नभएको विनियमावलीमा भनिएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्र्याउनु वा पठाउनुपूर्व, लिखित जानकारी भने दिनुपर्ने व्यवस्था गरिएको छ ।

सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्र्याउन भने राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची-४ मा उल्लेखित कागजात साथ एकाइमा निवदेन पेस गर्नुपर्ने भनिएको छ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग/कम्पनीको खातामा जम्मा गर्नेछ ।