२०८३ भाद्र २०

काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।

काठमाण्डौँ, पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा मनाङ–१ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङले प्रधानमन्त्री राहत उद्धार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
सांसद गुरुङले केही दिन अधि बाढीबाट प्रभावित ढुंगेबजार र देवीघाट क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । अनुगमन पछि सांसद गुरुङले उक्त रकम जम्म गर्नुका साथै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका साथै त्यस क्षेत्रसम्म पुग्ने सडकको निमार्ण कार्यलाई प्राथमिक्ता दिनु पर्ने बताए । उने भने : बाढीले बाटो, पूल बजार सबै छतबिछत बनाएकाले तत्काल तुइन बनाएर भएपनि खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

भदौ–१० गते बिहान ८ः४५ बजकोे समय रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार तथा खोज अभियान अन्तर्गत हालसम्म एक हजार ३४४ वटा शव फेला परेको विवरण नेपाल प्रहरीले सार्वजनिक गरिएको छ ।
फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेको विवरणमा उल्लेख छ । शवको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्र बनाइएको छ। हालसम्म एक हजार २६० मृतकको डीएनए संकलन गरिएको र ९७२ जना मृतकका आफन्तको डीएनए नमुना संकलन भएको उल्लेख छ । यसबाट जम्मा दुई हजार २३२ डीएनए नमुना संकलन भएको पनि जनाइएको छ ।
प्रहरीका अनुसार विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ जना राखिएका छन् । यस्तै पहिचान नखुलेका व्यक्तिहरू तथा शवसम्बन्धी विवरण वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढीपछि बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने कामलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ । साथै प्रभावित समुदायमा सचेतना अभिवृद्धिका लागि १११ वटा कार्यक्रम सञ्चालन गरी ४१ हजार ८३८ जनालाई सहभागी गराइएको विवरणमा उल्लेख छ ।
बाढी गएको दशदिन पछि शनिबार नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ भने बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको उद्धार गरिएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले बताए ।
नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी प्रभावित क्षेत्रमा सात हजारभन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको छ ।