भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
काठमाण्डौँ, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार तथा खोज अभियान अन्तर्गत ठुलो सख्यामा नागरिकको उद्धार गरिएको छ भने एक हजार ३४४ वटा शव फेला परेको विवरण सार्वजनिक गरिएको छ ।
फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेको विवरणमा उल्लेख छ । शवको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्र बनाइएको छ। हालसम्म एक हजार २६० मृतकको डीएनए संकलन गरिएको र ९७२ जना मृतकका आफन्तको डीएनए नमुना संकलन भएको उल्लेख छ । यसबाट जम्मा दुई हजार २३२ डीएनए नमुना संकलन भएको पनि जनाइएको छ ।
प्रहरीका अनुसार विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ जना राखिएका छन् । यस्तै पहिचान नखुलेका व्यक्तिहरू तथा शवसम्बन्धी विवरण वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढीपछि बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने कामलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ । साथै प्रभावित समुदायमा सचेतना अभिवृद्धिका लागि १११ वटा कार्यक्रम सञ्चालन गरी ४१ हजार ८३८ जनालाई सहभागी गराइएको विवरणमा उल्लेख छ ।
बाढी गएको दशदिन पछि शनिबार नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ भने बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको उद्धार गरिएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले बताए ।
नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी प्रभावित क्षेत्रमा सात हजारभन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्