२०८२ जेष्ठ ९

परराष्ट्रमन्त्री राणाद्वारा इजरायल र लेवनानमा राजदूतहरूसँग संवाद ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री आरजु देउवा राणाले इजरायल र लेवनानमा रहेका नेपाली नागरिकहरुको अवस्थाका बारेमा सम्बन्धित देशका राजदूतहरुसँग जानकारी लिएकी छन् । मन्त्री राणाले ती देशमा नेपालीहरु अहिलेसम्म सुरक्षित रहेको र अप्ठेरोमा परेका नेपालीहरुलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको जानकारी गराए, राजदूतहरुको भनाइ उधृत गर्दै मन्त्री राणाले आवश्यकताअनुसार नेपाली नागरिकहरुलाई सहयोग र समन्वय गर्न तथा उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था भए त्यसका लागि समेत आवश्यक गृहकार्य गरी मन्त्रालयलाई निरन्तर जानकारी गराउन भनेको बताएकी छन् ।