२०८१ आश्विन २०

बागमती, कोसी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ।

काठमाण्डौँ, आज पनि देशका केही भू–भागमा  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।