२०८१ चैत्र ५

काठमाण्डौँ उपत्यका जोड्ने सबै नाका बन्द ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यकासँग जोड्ने सबै नाका बन्द भएको छ ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि बन्द रहेको छ । कठमाण्डौँैं–मुग्लिन–नारायणगढसम्म आज रातभर सवारी चलाउन रोक लगाइएको छ ।
पूर्वी नेपाललाई काठमाण्डौँसँग जोड्ने विपी राजमार्ग पनि अवरुद्ध भएको छ । हेटौंडा–काठमाण्डौँ जोड्ने सबै सडक बन्द भएका छन् ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाण्डौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाण्डौँ, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।
उता, अरनिको राजमार्ग पनि अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाण्डौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।