२०८१ मंसिर २९

चीनद्वारा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण परीक्षण ।

बेइजिङ, चीनले बुधबार अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको छ ।
उक्त क्षेप्यास्त्र प्रक्षेपणले यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन सुरु भएको छ । चीनको छिमेकी जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।
चीनले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई तीव्र पार्दै रक्षा खर्च बढाएको छ ।
चिनियाँ रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो ।”
चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरेको भन्दा तीव्र गतिमा आफ्नो शस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो ।
सन् २०२३ सम्म चीनसँग पाँच सयभन्दा बढी सञ्चालनमा रहेका आणविक हतियार रहेको र सन् २०३० सम्ममा एक हजारभन्दा बढी हुने सम्भावना रहेको पेन्टागनले बताएको छ ।
कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका स्टान्टन सिनियर फेलो अंकित पाण्डाले भने, यो परीक्षण सम्भवतः चीनको जारी आणविक आधुनिकीकरणलाई दर्शाउँछ जसले परीक्षणका लागि नयाँ आवश्यकताहरू सिर्जना गरेको छ । एएफपी