आज पाँच प्रदेशमा हावाहुरी सहित भारी बर्षा हुने, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने ।
काठमाण्डौँ, देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाइ छ ।
ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम छ । “भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकोछ ।
प्रतिक्रिया दिनुहोस्