इजरायली सेनाद्वारा अलजजिराको कार्यालयमा छापा, ४५ दिनभित्र कार्यालय बन्द गर्न निर्देशन ।
काठमाण्डौँ, इजरायली सैनिकले समाचार संस्था अलजजिराको इजरालयस्थित् वेष्ट बैंकमा रहेको कार्यालयमा छापा हानेको छ ।
हातहतियारसहित अलजजिराको कार्यालयमा छिरेका इजरायली सैनिकले ४५ दिनभित्र वेष्ट बैंकमा रहेको कार्यालय बन्द गर्न निर्देशन दिएको छ । वेष्ट बैंकस्थित अलजजिराका ‘ब्युरो चिफ’ वालिद अल ओमारीका अनुसार इजरायली सेनाले अलजजिरामाथि आतंकवादलाई प्रोत्साहन र सहयोग गरेको आरोप लगाएको छ ।
कार्यालयमा इजरायली सैनिकले अश्रुग्याँस समेत प्रहार गरेका छन् । सैनिकहरूले कार्यालयभित्र छिर्ने बेला अश्रुग्याँस सेल पड्काएको र क्यामेरा चलाउन प्रतिबन्ध लगाएको अलजजिराले लेखेको छ ।
एक महिनाअगाडि इजरायलले अलजजिरालाई इजरायलभित्र समाचार संकलनमा प्रतिबन्ध लगाएको थियो । कार्यालयमा छापा हान्नु र आफूहरूलाई इजराययल भित्रबाट समाचार संकलनमा प्रतिबन्ध लगाउनुलाई सत्य मेटाउने प्रयासका रूपमा अथ्र्याएका छन् । अलजजिराका वेष्ट बैंक ब्युरो चिफले भने, “पत्रकारलाई टार्गेट गर्नुको उदेश्य सत्य मेटाउनु हो, मान्छेहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”
हमास–इजरायल युद्ध सुरु भएदेखि १७३ पत्रकार मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्