२०८१ माघ ६

संयुक्त राष्ट्रसंघका महासचिवबीच र प्रधानमन्त्री ओली बिच भेटवार्ता।

काठमाण्डौँ, प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबारै दिउँसो स्थानीय समय अनुसार ३ः१५ बजे संयुक्त राष्ट्रसघ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ । यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । शनिबार दिउँसो संयुक्त राष्ट्रसघका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्वार्ता गरेका छन् ।
यसैबिच, शनिबार साँझ नै राष्ट्रसघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ । क्यानडामा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा शनिबारै न्युयोर्क आई भ्रमण दलमा सामेल भइसकेको राष्ट्रसघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाल बताए ।


प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसघका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएको थियो ।
प्रधानमन्त्री ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्यावाहक राजदूत कुमारराज खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदी लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किनेछन् ।