२०८१ आश्विन २०

कैलालीको कारागारमा बन्दीको मृत्यु ।

कैलाली, कैलालीको कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।
हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो ३ः३० बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।