२०८१ माघ ६
सबै चाडपर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व हो : सभापति देउवा
काठमाण्डौँ, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो” । सबै चाड पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त पर। म्परा रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताए ।सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने पनि उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्