२०८१ चैत्र १०

आज देशभर भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको आग्रह ।

काठमाण्डौँ, आज देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । सबै प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूवानुमान महमशाखाले जनाएकोछ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भैरहवामा १४९, नेपालगञ्जमा ११०.१, सिमरामा ३५.७ र काठमाण्डौँमा २७.७ मिलि बर्षा मापन भएको महाशाखाले जनाएको छ ।