२०८१ आश्विन २०

भरतका महिलाहरु न्यायको माग गर्दै सडक आन्दोलनमा ।

काठमाण्डौँ,भारत पश्चिम बंगालका सडकमा बुधबार राति दसौँ हजार महिलाहरूले विरोध प्रदर्शन गरेका छन् ।
कोलकाताको सरकारी अस्पतालमा एक ट्रेनीका रूपमा कार्यरत डाक्टरको बलात्कारपछि हत्याको घटनालाई लिएर पश्चिम बंगालका महिलाहरुले विरोध प्रदर्शन गरेका हुन् ।


गत हप्ताको शुक्रबार आरजी कार मेडिकल कलेजमा ३१ वर्षीय युवती डाक्टरको बलात्कारपछि निर्मम हत्या भएको थियो । त्यसै घटनालाई लिएर महिलाहरूले न्याय माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।
३६ घण्टा काम गरेपछि ती डाक्टर विश्राम कक्ष नहुँदा सेमिनार कोठामै सुतेकी थिइन् । अर्काेदिन बिहान उनका सहकर्मीले अर्धनग्न एवं विभत्स अवस्थामा उनको शव पोडियममा फेला पारेको बताइएको छ । घटनामा संलग्नताको आशंकामा अस्पतालका एक स्वयंसेवी पक्राउ परेको बताइएको छ ।
घटनापछि सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शनमा उत्रिन आह्वान गर्दै बुधबार राति वर्षाबीच हजारौँ महिलाहरू सडकमा उत्रिएका हुन् ।


शान्तिपूर्ण प्रदर्शनका बीच केही युवाहरूले आरजी अस्तापलभित्रै प्रवेश गरी तोडफोड गरेका छन् । दिल्ली, हैदरावाद, मुम्बई र पूणेलगायत सहरमा समेत विरोध प्रदर्शन भएको जनाइएको छ ।
यो घटनाले भारतका लगभग ३० प्रतिशत महिला डाक्टर र ८० प्रतिशत नर्सहरूको सुरक्षा एवं कार्यस्थलमा हुने हिंसाको विषयलाई झल्काएको छ ।