२०८१ माघ २८

कोशी प्रदेशको पहाडी भू–भागमा वर्षा, दूधकोसी र अरुणमा बाढीको सम्भावना ।

काठमाण्डौँ, कोशी प्रदेश सहित देशको पूर्वी भूभागमा गएराति वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने दूधकोसी नदी र यसका सहायक नदीहरूमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पूर्वी पहाडी जिल्ला सैखुवासभा, खोटाङ ओखलढुंगा भोजपुर, तेह्रथुम भएर बहने खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।