२०८१ माघ २६

बागमती लगायत चार प्रदेशमा भारी वर्षाको सम्भावना ।

काठमाण्डौँ, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागले आज मेलम्ची र इन्द्रावतीमा बाढीको सम्भावना रहेको भन्दै नदी तटक्षेत्रका सर्वसाधरणलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
अघिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा गण्डकी प्रदेशको लुम्लेमा ६२ दशमलव २, दोलखाको जिरीमा २७ दशमलव ७, ओखलढुंगामा १५ दशमलव ३ र काठमाण्डौमा ११ दशमलव १ मिलि बर्षा मापन भएको विभागले जनाएको छ ।