२०८१ आश्विन २

आज दिउँसो अति भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको आग्रह ।

काठमाण्डौँ, आज पनि सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी र सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले विज्ञप्तीमा उल्लेख गरेको छ ।
काठमाण्डौँ उपत्यकामा आज दिनभर वर्षा नभए पनि पानी पर्ने र रहनेक्रम चलिरहने उनले विभागले जनाएको छ ।
गत २४ घण्टामा कोशी प्रदेको धरानमा सबैभन्दा भारी १०४ दशमलव १ मिलिलिटर, ओखढुंगामा ८५ दशमलव ९, जनकपुरमा ७४ दशमलव ६, र काठमाण्डौँ बर्षा मापन गरिएको विभागले जनाएको छ ।