२०८१ कार्तिक २०

बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिने ।

काठमाण्डौँ, बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिने भएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनको नेतृत्वमा सोमबार बेलुकी बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय गरेको हो ।
बैठकले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई पनि तुरुन्तै रिहा गर्ने निर्णय गरेको छ ।


बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।
सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर सेनाले कामचलाउ सरकार बनाउने बताएका छन् ।
पन्ध्र वर्षदेखि सत्तामा रहेकी शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर बहिनीसंग हेलिकप्टर चडेर देश छाडेर भारतमा बसेकी छिन् ।