२०८२ असार २५

काठमाण्डौँमा बिहानैदेखि बर्षा, दिउँसो भारी वर्षा हुने ।

काठमाण्डौँ, आज काठमाण्डौँ लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौँ उपत्यका लगायत देशैभर विगत चौशीस घण्टामा बर्ष भएको छ । आज दिउँसो काठमाण्डौँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज दिनभर निरन्तर वर्षा नभए पनि केही समय रोकिने र पुनः पानी पर्ने क्रम दिनभर चलिरहने महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा मनसुनी प्रणाली थप सक्रिय हुन्छ, र धेरै वर्षा हुन्छ । चौबीस घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ ।