बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागिन, सेनाद्वारा अन्तरिम सरकार गठनको तयारी ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर बहिनीसंग हेलिकप्टर चडेर देश छोडेकी भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको अगरतलामा आइपुगेको बिबिसिले जनाएको छ ।
राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासबाहिर प्रदर्शनकारीको भीड जम्मा भएको थियो । कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारी त्यहाँ ढुंगामुढा गर्न पुगेका थिए ।
बंगलादेशको सेनाले जनताको भावनाविपरीत नजाने घोषणा गरेसंगै प्रदशेनकारीको भिड प्रधानमन्त्री निवासमा प्रवेश गरेको गियो ।
बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले देश अब अन्तरिम सरकारले साशन चलाउने बताएका छन् । प्रधानमन्त्री हसिनाले देश छाडेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार गठन गरिने बताए ।
सम्बोधन गर्नुअघि उनले बंगलादेशको प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत प्रमुख राजनीतिक दलहरूसँग वार्ता गरेका थिए ।
बंगलादेशका विद्यार्थीले पछिल्लो समय गरेको कोटाविरुद्धको आन्दोलनमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ । आइतबारमात्रै ९९ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा भएका हरेक मृत्यु र अपराधका लागि न्याय सुनिश्चित गर्ने कुरा पनि सुनिश्चित गर्नेछौँ, सेना प्रमुख जनरल वकेर–उज–जमानले देशबासीको नाममा सम्बोधन गरने क्रममा बताएका छन् ।
सेनापति जनरल वकेर–उज–जमानले राष्ट्रपतिलाई भेट्ने तयारी गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्