२०८१ आश्विन २

छुरा आक्रमणका विषयमा बेलायतमा हुलदंगा, आठजनालाई पक्राउ ।

काठमाण्डाँै, उत्तरपूर्वी इंग्ल्यान्डकोे सन्डरल्यान्डमा शुक्रबार साँझ भएको हुलदंगामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले जनाएको छ ।
घण्टौँको हुलदंगापछि आठजनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका निम्ति अस्पताल लगिएको नर्थम्ब्रियाका प्रहरी वरिष्ठ उपरीक्षक हेलेना ब्यारनले बताइन् ।
सन्डरल्यान्डको सिटी सेन्टरमा सयौँको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको टेलिभिजन समाचारहरुमा देखाइएको छ ।
पक्राउ परेका आठजनाबाहेक अन्य संलग्न व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको जवाफमा आन्तरिकमन्त्री यभेट कुपरले दंगाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए ।
यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले जनाएको थियो ।
प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्य गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गरेका छन् ।