२०८१ माघ २६
काठमाण्डौँका नदी किनारका वस्तीहरु डुबानमा, सर्तकता अपनाउन सूचीत ।

काठमाण्डौँ, काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदी तथा खोलाहरुलले खतराको तह पार गरेका छन् ।
बागमती नदी बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ । यता ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । उक्त क्षेत्रका वासिन्दालाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।
भक्तपुरको हनुमन्ते खोला, वाग्मतीको गौरीघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेर बस्ती जलमग्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्