२०८१ मंसिर २९
बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख पदमुक्त ।
काठमाण्डौँ, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सोमबार बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशी सिफारिस भएका छन् ।
प्रतिक्रिया दिनुहोस्