पेरिस ओलम्पिकमा नेपाली पौडीबाज डुवाना लामाको कमजोर प्रर्दशन ।

काठमाण्डौँ, मनाङे चेली, नेपाली पौडीबाज डुवाना लामाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीको प्रतिस्पर्धामा आफ्नै कीर्तिमान पनि सुधार गर्न सकिनन् ।
केहीबेर अधि (आइतबार) भएको महिला दुई सय मिटर फ्रिस्टायलमा उनले २ मिनेट २०.७४ सकेन्डमा निर्धारित दूरी पार गरिन । यसअघि उनको यो स्पर्धामा उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्डको थियो ।
डुवाना आफ्नो हिट तथा समग्र वरीयतामा अन्तिम स्थानमा रहिन् । यो स्पर्धाको चार वटा हिटमा कुल ३० जना खेलाडीले पौडिएका थिए । जसमा डुवाना ३० औं भइन् । यो स्पर्धाबाट १८ खेलाडी फाइनल स्पर्धामा पुगेका छन् ।
दक्षिण एसियाली खेलकुदमा डुवानाले १३ वर्षको उमेरमै डेब्यू गर्दा दुई रजत र एक कास्य जितेकी थिइन्। यस्तै दुई वर्षअघि भएको नवौं राष्ट्रिय खेलमा उनले ९ स्वर्ण र एक रजत तथा आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण र ६ रजत जितेकी थिइन्।
डुवानासँग नेपालका चार खेलाडीको ओलम्पिकमा प्रदर्शन निराशाजनक बन्यो। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल प्रारम्भिक चरणबाट बाहिरिएका थिए ।
ब्याडमिन्टको समूहको खेलमा प्रिन्स दाहालले विश्व नम्बर दुई खेलाडीसँग हार बेहोरेका थिए ।
प्रतिक्रिया दिनुहोस्