अधिकांश प्रहरी अधिकृत जिम्मेवारीबाट हटाइदै ।

काठमाण्डौँ, गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबारको गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको हो । केसीको १६ जेठमा ब्यूरोमा सरुवा भएका थिए ।
केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।
केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै सिफारिसमा हटाइएको प्रहरी अधिकृतको दाबी छ । भूटानी शरणर्थी प्रकरणका आरोपी झा र प्रतीक थापालाई पक्राउ गर्दा संगठन प्रमुखलाई नै जानकारी नदीएको कारण देखाएर प्रहरी प्रमुखबाटै सिफारिस आएपछि हटाइएको हो ।’
त्यसैगरी, झाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि जिम्मेवारीबाट हटाउने तयारी गृह प्रशासनले गरेको छ ।
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई पनि हटाउने तयारी गरेको छ । रवि लामिछानेले गृहमन्त्री हुँदा ज्ञवालीलाई सीआईबी नेतृत्वमा ल्याएका थिए ।
प्रहरी प्रमुख कुवँरलाई बाईपास गरेर तत्कालिन गृहमन्त्री लामिछानेले ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्