२०८१ चैत्र १०

धनगढीको नोभा हस्पिटलमा तनाव, शुक्रबारदेखिको वार्ताले अझै पूर्णता पाएन ।

धनगढी, १७ वर्षीय युवक नसिब चौधरीको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ ।
जण्डीस उपचारका लागि अस्पताल ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए ।
अश्रुग्यास प्रहार गरेपछि अहिले प्रर्दशनकारी तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।
मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण युवकको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।
अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनिअ झै कुरा मिल्न नसकेको जिलला प्हर िकार्यालय कैलालीले जनाएको छ ।