प्यालेस्टिनी ‘राष्ट्रिय एकता सम्झौता घोषणा’ को संयुक्त राष्ट्रसंघद्वारा स्वागत ।
काठमाण्डौँ,संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरण सम्बन्धी घोषणापत्रको स्वागत गरेका छन्।
प्यालेस्टिनी समूहले बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेको विषयलाई महासचिव गुटेर्रेसले स्वागत गरेको’ राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारसँगको नियमित भेटका क्रममा प्रश्नहरूको जवाफ दिँदै जानकारी दिएका हुन ।
सम्झौतालाई प्यालेस्टिनी एकतालाई अगाडि बढाउने महत्त्वपूर्ण कदम भन्दै महासचिव गुटेर्रेसले सबै समूहलाई वार्ताको माध्यमबाट मतभेद पार गर्न प्रोत्साहन गर्दै घोषणालाई कार्यान्वयन गर्न आग्रह गरेको बताएका छन् ।
महासचिव गुटेर्रेसले प्यालेस्टिनीको सुरक्षामा आत्मनिर्णय र पूर्ण स्वतन्त्रता लोकतान्त्रिक संलग्नताका लागि महत्त्वपूर्ण भएको जनाएको डुजारिकले जानकारी दिए ।
यसै सन्दर्भमा गुटेर्रेसले चीनको कूटनीतिक प्रयास तथा प्रक्रियालाई सहज बनाउनमा संलग्न अन्य देशहरूको प्रयासको पनि प्रशंसासमेत गरेका छन् ।
चीनको निमन्त्रणामा, प्यालेस्टिनी समूहका वरिष्ठ प्रतिनिधिहरूले जुलाई २१ देखि २३ सम्म बेइजिङमा मेलमिलाप वार्ता गरी विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्न बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्