२०८१ आश्विन २
रुसद्वारा युक्रेनको राजधानीमा आक्रमण, ३१ जनाको मृत्यु ।
काठमाण्डौँ, रुसले युक्रेनको राजधानीमा रहेको एउटा बाल अस्पतालमा मिसाइल आक्रमण गरेको छ ।
आक्रमणबाट अस्पतालमा रहेका दुई जनाको मृत्यु भएको छ । अन्य विभिन्न ठाउँमा गरिएका आक्रमणमा ३१ जनाको मृत्यु भएको जनाइएको छ ।
स्थानीय ओहमाटिड अस्पतालमा भएको आक्रमणमा ठूलो क्षति भएको तस्बिरहरूमा देखिन्छ । आक्रमणपछि बालबालिकालाई बाहिर सारिएको छ ।
पोल्यान्ड भ्रमणमा गएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् ।
आक्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणका क्रममा भएको छ । आजै मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सञ्चारमाध्यमहरुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्