२०८१ मंसिर २९

आज पनि काठमाण्डौँ सहित देशभर वर्षा हुने, सोमबार कम बर्षा हुने ।

काठमाण्डौँ, पछिल्लो २४ घण्टामा काठमाडौंमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज पनि हिजोकै जस्तो मौसम हुने र देशभर वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंमा पनि दिनभर वर्षाको सम्भावना छ । हिजोको तुलनामा आज काठमाडौंमा केही कम पानी पर्ने अनुमान छ । तर, दिनभर वर्षाको सम्भावना छ । पर्ने रोकिने, पर्ने रोकिने क्रम दिनभरि नै हुन्छ,घाम लाग्ने अवस्था खासै नहरेको महाशाखाले जनाएको छ ।
आज विशेष गरी लुम्बिनी, सुदूरपश्चिम, गण्डकी प्रदेशमा अति भारी वर्षाको पनि सम्भावना छ । भोली (सोमबार) देखि देशभर कम वर्षाको सम्भावना छ । वर्षा हुने तर यी दुई दिनको तुलनामा सोमबार कम पानी पर्नेे सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दाङको घोराहीमा २८५, पोखरा २२८, सिमरामा १२५ र काठमाण्डौँमा ९२.२ मि.लि. बर्षा मापन भएको महाशाखाले जनाएको छ ।