२०८१ चैत्र १०
वाग्मतीसहित पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा ।

काठमाण्डौँ, मनसुनी वायुका कारण बिहानैदखि कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति देशभर साधारणदेखि पूर्णतया बदली रहने जनाएको छ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्