२०८१ आश्विन २०
लमजुङमा पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता, बेसीशहर–मनाङ सडक पनि अवरुद्ध ।
लमजुङ, अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् ।
स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।
त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका–११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ ।
पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर–६ खरखरेमा पहिरो झरेपछि सडक पुनः अवरुद्ध भएको हो ।
-
१
परराष्ट्रमन्त्री राणाद्वारा इजरायल र लेवनानमा राजदूतहरूसँग संवाद ।
-
२
काठमाण्डौँबाट बाहिरीनेको संख्या बढ्दो, ३ लाख ८० हजार मानिसले उपत्यका छाडे ।
-
३
तेह्रथुमका दीपक सिलवालले अनशन तोडे, गृहमन्त्रालय र सिलवालबिच पाँचबुँदे सहमति ।
-
४
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरि मनाइदै ।
प्रतिक्रिया दिनुहोस्