हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न ।
नेपाली सैनिक वार कलेजमा मिति २०८० फाल्गुण १८ गतेबाट सञ्चालन भएको सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम समापन्न भएको छ ।
समापन कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सफलतापूर्वक तालिम सम्पन्न गरेका सम्पूर्ण शिक्षार्थी अधिकृतहरूलाई बधाई दिए । उनले राष्ट्रको भू–रणनैतिक अवस्थिति, भूमण्डलीकरण र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारक तत्त्वहरूका कारण विकसित समसामयिक जटिल सुरक्षा वातावरणमा आफूलाई प्राप्त सैनिक जिम्मेवारी पेसेवर ढङ्गबाट सम्पन्न गर्नको लागि उच्च तहका सैनिक कमाण्डर तथा स्टाफहरूलाई आवश्यक पर्ने विशिष्ट ज्ञान, सीप र मनोवृत्ति को विकास गर्न यस तालिमको महत्त्वपूर्ण भूमिका रहेको बताए
प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन दिए । त्यसै भविष्यमा विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सेनाको प्रतिनिधित्व गरी संगठनको व्यावसायिक क्षमता र विश्वव्यापी छविलाई कायम राख्दै आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न÷गराउन शिक्षार्थी अधिकृतहरूलाई निर्देशन दिए ।
प्राविधिक तथा विविध सेवाका ८ जना र साधारण सेवाका २७ जना गरी जम्मा ३५ जना (महिला–३ र पुरुष–३२) महासेनानी दर्जाका शिक्षार्थीहरूको यस तालिममा सहभागिता रहेको थियो । महासेनानी सुरज लामिछाने समग्रमा तालिममा प्रथम भएका छन् । उनले Best Academic Writing Award समेत प्राप्त गरेका छन् । त्यस्तै गरी महासेनानी खेमराज शर्मा व्यक्तिगत शोधपत्र Individual Research Paper मा प्रथम भएका छन् ।
नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिम वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्