२०८१ चैत्र १३
कोसी प्रदेशमा बिहानैदेखि वर्षा, मनसुनी प्रणालीको प्रभाव पश्चिमतिर बढ्दै ।

काठमाण्डौँ, आज कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी प्रदेशका केही भू–भागमा बिहानैबाट बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबारबाट मौसमी वायु नेपाल प्रवेश गरेसंगै देशको मौसमी प्रणलीमा बदलाव आएको हो । आज दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्