२०८३ असार १

यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।

चामे. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनाङ जिल्लाका ६१ दशमलव ७६ प्रशित परीक्षार्थी उत्र्तीण भएका छन् ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिजा अनुसार प्रकाशज्याती मा.विं, थोंचेका १३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसध्ये ७ जना उतीर्ण भएका छन् भने ६ जना विज्ञान विषय (एक बिषय) लागेका छन् ।् प्रकाशज्यातीका उर्तीण विद्यार्थी मध्ये सबैभन्दा बढी ३ दशमलव १७ जिपीए प्राप्त गरेका छन् ।
त्यसैगरी, लोकप्रिय उ.मा.वि, चामेका १४ जना जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ती १४ जना मध्ये ७ जना उर्तीण भएका छन् भने ७ जना बिज्ञान विषय (एक बिषय) र ती सत ७ मध्ये २ जना अंग्रजी विषय गरी दुई बिषय लागेको छ । लोकप्रिय उ.मा.वि, चामेका उर्तीण विद्यार्थीले मध्ये सबैभन्दा बढी ३ दशमलव ३ जिपीए प्राप्त गरेका छन् ।
उसैगरी, अन्नपूर्ण मा.वि.मनाङका ७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसध्ये सबै (सातै जना) उर्तीण भएका छन् । उर्तीण विद्यार्थीमध्ये सबैभन्दा बढी ३ दशमलव २६ जिपिए प्राप्त गरेका छन् ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिजा अनुसार मनाङ जिल्लाको अन्नपूर्ण मा. वि., मनाङ सतप्रतिशत विद्यार्थी उर्तीण गर्न सफल भएका छने भने जिल्ला भर सबैभन्दा विद्यार्थी उत्र्तीण गर्न सफल अन्नपूर्ण मा. वि. मनाङले जिल्लाको उत्कृष्ट विद्यालयको उपाधि प्राप्त गरेका छन् ।
सार्वजनिक नतिजा अनुसार देशभरका कुल परीक्षार्थी मध्ये करिब ६६ प्रतिशत अर्थात (६५ दशमलव ९८) प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।