२०८१ श्रावण १२

फ्रान्समा संसद् भंग, राष्ट्रपतिले गरे चुनावको घोषणा

काठमाण्डौँ, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले संसद भंग गरी संसदीय चुनावको घोषणा गरेका छन् ।
आफ्नो प्रतिद्वन्द्वी मरिन ले पेनको पार्टी नेसनल ¥यालीको युरोपियन युनियनको चुनावमा राम्रो जित आएपछि राष्ट्रपति म्याक्रोनले अचानक संसदीय चुनावको घोषणा गरेका हुन् ।
संसद भंग गरिएको घोषणा गर्दै उनले चुनावका लागि यही जुन ३० र आउँदो जुलाई ७ को मिति समेत घोषणा गरेका छन् । युरोपियन युनियनको फ्रान्सको मतदान सम्पन्न भएपछि एक्जिट पोलको नतिजा आउनेबित्तिकै उनले एलिसी प्यालेसबाट चुनावको घोषणा गरेका हुन् ।
म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन अझै दुई वर्ष बाँकी रहेको अवस्थामा संसदीय चुनाव घोषणा गरिएको हो ।