नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन प्रदान ।

काठमाडौं, २४ जेठ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पु¥याउन सवारी साधन निकै उपयोगी हुने उहाँले बताउनुभयो । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने बताए ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताए ।
प्रतिक्रिया दिनुहोस्